पुरानो बसपार्कमा रहेको प्रहरी बिटमा महानगरको डोजर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १२, मंगलबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

वैशाख १२, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बस पार्कमा रहेको प्रहरी बिट डोजर लगाएर हटाएको छ ।

मंगलबार महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बस पार्कमस्थित सडक पेटीको प्रहरी बिट डोजर लगाएर हटाएको हो । महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस