आजको मौसम : देशभर बदली र वर्षा हुने, भोलिबाट मौसम खुल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २१, बिहिबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख २१, काठमाडौँ । कर्णाली प्रदेशका एकदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस