दोलखामा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता, १५ घर विस्थापित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौँ । दोलखाको गौरीशंकर गाउँपालिका–८ टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए । पहिरोले ३ घर पुरिएको उनले बताए । बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ । १५ घर विस्थापित बनेको वडाध्यक्ष शेर्पाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस