प्रधानमन्त्री भरतपुर पुगेपछि कांग्रेस सांसदको प्रश्न : छोरीको नगरपालिका कहाँ पर्ने रहेछ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १८, शुक्रबार (१ साल अघि)
  • १६ पटक पढिएको
प्रधानमन्त्री भरतपुर पुगेपछि कांग्रेस सांसदको प्रश्न : छोरीको नगरपालिका कहाँ पर्ने रहेछ ?

फागुन १८, काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘छोरीको नगरपालिका’कहाँ पर्छ भनि प्रश्न गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद् सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल भरतपुर महानगरपालिकामा पुगेको विषयमा कटाक्ष गर्दै ‘छोरीको नगरपालिका’ भनेका थिए ।

थापाले ‘छोरीको नगरपालिका’ भनेपछि खतिवडाले ७५३ स्थानीय तहबारे आफूलाई जानकारी भए पनि छोरीको नगरपालिका कुन रहेछ भन्दै प्रश्न गरे । ‘७५३ वटा स्थानीय तहको जानकारी थियो । तर छोरीको नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दोरहेछ ?,’ उनले कटाक्ष गरे, ‘नयाँ नामकरण भएछ । कुन नगरपालिका रहेछ, छोरीको नगरपालिका ?’

ताजा अपडेट

खोजी गर्नुहोस