टिकटककाे प्रतिबन्ध हटाउने सरकारको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ६, बिहिबार (१० महिना अघि)
  • १०३ पटक पढिएको
टिकटककाे प्रतिबन्ध हटाउने सरकारको निर्णय

भाद्र ६, काठमाण्डौँ ।  सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

टिकटको साउथ एसियन क्षेत्रीय कार्यालयले नेपालको कानून परिपालना गरेर सञ्चालन गर्न तयार रहेको पत्र सञ्चार मन्त्रालयमा पठाएपछिस रकारले टिकटकमाथिकाे प्रतिबन्ध हटाएकाे हाे।

ताजा अपडेट

खोजी गर्नुहोस