पौष १४, काठमाडौँ । राष्ट्रिय किताबखाना छाउनी मार्ग ताहाचलमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले उनलाई आइतबार तीन लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रसाईले पेन्सनपट्टा बनाई दिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको भन्ने सूचनापछि अख्तियारको टोली खटिएको थियो । उक्त टोलीले प्रसाईंलाई घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।