सर्वोच्च अदालतद्धारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २, शुक्रबार (१५ घण्टा अघि)
  • ३२ पटक पढिएको
सर्वोच्च अदालतद्धारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ

जेठ २,काठमाडौ । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका थिए ।

तर उक्त रिट सर्वोच्च प्रशासनले आज दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

उनका अनुसार सो रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस