तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, चार जना घाइते

तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, चार जना घाइते

जेठ ४, लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा दुई पक्षबीच खुकुरी हानाहान हुँदा चारजना घाइते भएका छन् ।

लमजुङ बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।

घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

घाइते मध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो ।

दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ ।

प्रहरीले खुकुरी प्रहार प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । खुकरी प्रहार गरेको भिडियो समाजिक सन्जालमा छरपष्ट भइरहँदा प्रहरीले भने खुकुरी प्रहार गर्ने व्यक्तिको नाम नखुलेको र फरार रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस