बाढी आएको हुम्लाको तिल गाउँ हिमपहिरोको उच्च जोखिममा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ५, सोमबार (१२ घण्टा अघि)
  • ४५ पटक पढिएको
बाढी आएको हुम्लाको तिल गाउँ हिमपहिरोको उच्च जोखिममा

जेठ ५, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका-६ को तिल गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ । गत बुधबार राति गाउँमा बाढी आएपछि गाउँका १८ वटा घर जोखिममा रहेको जिल्ला प्रशासन कालयले जनाएको छ ।

उक्त पहिरोका कारण ती घरमा रहेका ३२ जना विस्थापित भएका छन् । उनीहरु घर नजिकै सुरक्षित ठाउँमा त्रिपालमा बसेका छन् । पहिरोले हाल्जी र हिल्सा तर्फको बाटो र पुल भत्काएको छ ।

सेखाङलुङबा खोलामा आएको बाढीले बस्तीतर्फ र तिल्जुङखोलामा आएको बाढीले विद्युतीय पावरहाउस भत्काउनुको साथै खानेपानीको पाइप, कुलो तथा हिल्सा जाने बाटो भत्काएको हो । पहिरोले बाटो भत्काएर पोखरी जस्तो दह बनाएको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

चार दिनअघि नै गाउँमा बाढी आए पनि केन्द्र र स्थानीय सरकारले बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि अध्यक्ष तामाङसहित केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा अवलोकन गर्दै थाक्रा पुगेका थिए । माथिल्लो तटीय क्षेत्रमा पुगेका

पहिरोको कारण खोज्दै ८ घण्टा पैदल हिडेर ५ हजार ३ सय मिटरको थाक्रा पुगेका उनीहरुले सिरानमा रहेका दुई हिम पोखरी फुटेको आशंका गरेका छन् । त्यहाँ पुगेपछि हिमताल फुटेको देखिएको तामाङले बताए ।

कुञ्जोक फुर्बु लामाले भने‚ ‘हामी ५ जना ८ घण्टा हिँडेर यहाँ आयौँ । यहाँ दुईवटा हिमताल रहेछन् । माथि बरफ ९हिउँ०को तल पानी रहेछ । त्यो पानी जमिन मुनिबाट निस्केर तल गएको देखियो । त्यही पानीले घटना गराएको रहेछ भन्ने हामीलाई लागेको छ ।’

स्थानीयवासीले हिमताल फुटेर पहिरो खसेको बताए पनि यसबारे पुष्टी हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । सुरक्षाकर्मीको टोली त्यसतर्फ गए पनि स्वास्थ्य समस्याले बीच बाटोबाटै फर्किएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

पहिरोले क्षति पुर्‍याएको तिलगाउँमा भने सुरक्षाकर्मीको टोली पुगेर आवश्यक उद्धारको काम गरेको उनले जानकारी दिए ।

लिमि उपत्यकाभित्र पर्ने तील गाउँ सबैभन्दा विकट गाउँ हो । यो गाउँमा समय समयमा यसअघि पनि हिमपहिरो आउने गरेको थियो । मनसुनपूर्वको यो बाढी र कटानले गाउँ बगेर जाने जोखिम देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस