नेपालले पहिलो पटक अस्ट्रेलियामा ‘टप इन्ड टी–२०’ सिरिज खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ १३, शुक्रबार (९ घण्टा अघि)
  • ६१ पटक पढिएको
नेपालले पहिलो पटक अस्ट्रेलियामा ‘टप इन्ड टी–२०’ सिरिज खेल्ने

असार १३, काठमाडौं । नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज नेपालले अस्ट्रेलियामा सिरिज खेल्ने जानकारी दिएको हो ।

क्यानका अनुसार आगामी अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा नेपाली टोलीले अस्ट्रेलियाका टोलीहरूसँग पहिलो पटक खेल्ने भएको हो । तर, क्यानले नेपालले अस्ट्रेलियाको कुन स्तरको टिमसँग सिरिज खेल्छ भन्ने स्पष्ट नभने पनि उच्चस्तरीय टिमसँग खेल्ने बताएको छ ।

आगामी अक्टुबरमा ओमानमा हुने आईसीसी विश्वकप एसिया छनोटको तयारी स्वरूप अस्ट्रेलियामा नेपालले खेल्न लागेको क्यानले जनाएको छ । नेपालले कम्तीमा ६ वटा खेल खेल्ने क्यानले जनाएको छ ।

यो सिरिजले अस्ट्रेलियन कन्डिसनमा नेपाली खेलाडीलाई खेल्न अनुभव प्राप्त हुने तथा उच्चस्तरीय विपक्षीसँग खेल्ने अभ्यास पनि हुने क्यानले उल्लेख गरेको छ । अस्ट्रेलियामा नेपालले खेल्ने सिरिजलाई टप इन्ड टी–२० सिरिज नाम दिइएको छ ।

सिरिजका लागि विश्व क्रिकेटमा सबैभन्दा कान्छा टी–२० कप्तान रोहित पौडेल नेतृत्वमा नेपालको मुख्य टोली नै मैदान उत्रिने अपेक्षा लिइएको अस्ट्रेलियाको नर्देन टेरिटोरी क्रिकेटले आफ्नो वेबसाइमा उल्लेख गरेको छ ।

नेपाली टोलीले हालै स्कटल्यान्डमा नेदरल्यान्डस्समेत सहभागी रहेको त्रिकोणीय सिरिज खेलेको थियो । जसमा नेपाल दुई खेलमा विजयी भएको थियो । ओमान जानुअघि नेपालले यूएईको शारजहाँमा वेस्ट इन्डिजसँग द्विपक्षीय टी–२० आई सिरिज पनि खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस