अमेरिकी डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ १४, शनिबार (९ घण्टा अघि)
  • ५२ पटक पढिएको
अमेरिकी डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो

असार १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।

राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा थियो ।

आज युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा रहेको छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ १४ र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा थियो ।

त्यस्तै यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा तोकिएको छ । हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ६१ र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा थियो ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०० रुपैयाँ ४१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७० रुपैयाँ ९० पैसा र बिक्रीदर १७१ रुपैयाँ ६५ पैसा छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, सिंगापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा कायम भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५६ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ २२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस