प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १४, शनिबार (१० घण्टा अघि)
  • ४९ पटक पढिएको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

असार १४, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, ‘ नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८२’ समेत पातित गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने कार्यसूची पनि छ । उनी संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ नै स्पेन भ्रमणमा जाँदैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस