सुनचाँदी व्यवसायीको माइतीघरमा विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ २०, शुक्रबार (१२ घण्टा अघि)
  • ५१ पटक पढिएको
सुनचाँदी व्यवसायीको माइतीघरमा विरोध प्रदर्शन

असार २०, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुन तथा बहुमूल्य पत्थरमा लगाइएको विलासिता कर खारेजीको माग राखेर प्रदर्शन जारी राखेका छन् । यसअघि न्यूरोड, लगनखेल लगायत ठाउँहरूमा प्रदर्शन गर्दै आएको समितिले आज माइतीघर बाट बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

व्यवसायीहरुले सुनमा २ प्रतिशत विलासिता कर र हिरा, जुहारत तथा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरून्त जारी गर्नुपर्ने लगायत माग राखेका छन् ।

सरकारले आगामी वर्षको बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ । सरकारको यो निर्णयले सुनचाँदी व्यवसाय नै सङ्कटमा पर्ने देखिएको व्यवसायीको आरोप छ ।

सरकारले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माणकोसमेत माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस