असार २०, काठमाडौं । राष्ट्रियसभाले आर्थिक विधेयक, २०८२ पारित गरेको छ । सभाको शुक्रबारको बैठकबाट विधेयक बहुमतले पारित गरिएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक राष्ट्रियसभाबाट संशोधनबिना मूल रूपमै पारित भएको छ ।