‘एकताको मर्मअनुसार युवासंघ एक भएर जानुको विकल्प छैन’ : युवानेता बास्तोला

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७६ पौष १३, आईतबार (५ साल अघि)
  • १०३ पटक पढिएको
Post Thumbnail

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रमुख भातृसंगठनको रुपमा रहेको छ राष्ट्रिय युवासंघ नेपाल । अहिले संगठनको नेतृत्व साविकका दुई अध्यक्षले गरिरहेका छन संयोजक र सह–संयोजकको रुपमा । संगठन अघि बढ्दैजाँदा केही समस्याहरु आईरहेका छन । तत्कालिन युवासंघका अध्यक्ष रमेश पौडेलले संगठनका संयोजकले आफुखुसी निर्णय गरे, एकताको मर्मअनुसार चलेनन् भन्ने गुनासो गरिरहदा तत्कालिन युवासंघका उपाध्यक्ष माधव बास्तोलाचाँही यो विषयमा कतिको जानकार छन ? संगठनको एकताको मर्म के हो ? पछिल्लो विवादको खास कारण के हो भन्ने विषयसहित युवासंघको एकताको सवालमा केन्द्रित रहेर अनलाईनकेन्द्रका लागी राज ढुंगानाले कुराकानी गरेका छन ।

राष्ट्रिय युवासंघमा संयोजक र सहसंयोजकको विषयमा आएका पछिल्लो असन्तुष्टि के हो ?

यो चाँही एकताको प्रशंगमा आएका कुरा हो । थोरबहुत रुपमा कती प्रतिशत लिने भन्ने कुरा थियो । जुन किसिमले ६०/४० को हिसाबले जाने भन्ने थियो । त्यो भन्दा अलि फरक तरिकाले अघि बढेको हो की भन्ने हो । त्यहि जगमा निक्लेका समस्या हुन । अहिले यो रुपमा केही प्रकट भएको हो । केही राजनैतिक त्रुटी पक्का भयो । संगठनले जारी गर्ने डकुमेन्टहरुमा यसलाई संगठनको आन्तरीक छलफलको विषय बनाएर टुंगो लगाउने कुरा हो अहिले आईरहेको विवादचाँही खासै ठुलो होईन । यो आन्तरिक विषय हो । छलफलका विषयहरु चाँही हुन ।

तत्कालिन युवासंघको नेतृत्वले अहिले रहेको युवा संगठनका संयोजकले एकलौटी निर्णय गरे भन्ने गुनासो व्यक्त गर्नुलाई कसरी बुझ्ने ?

यो एकलौटी निर्णय होईन । निर्णयमा सामुहिकता नै छ सबैको । अहिले खासगरी दुईवटा विषयहरुचाँही टट्कारो रुपमा आए । एउटा विषय प्रमुख अतिथी दुईटा नेतामध्ये कसलाई बनाउने भन्ने कुरा रहयो । प्रमुख अतिथि सम्माननिय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली नै हो भन्ने विषयमा सह–संयोजक कमरेडको अडान छ । अर्कोचाँही एकताको कुरा रह्यो । अहिलेपनि हामी दुईटै अस्तित्वमा रहेको छौँ । त्यसकारण सर्कुलर देखी प्रेस विज्ञप्तीसम्म जतिपनि संगठनले जारी गर्ने डकुमेन्टमा दुवैजना संयोजक र सह–संयोजकको हस्ताक्षर रहनुपर्छ भन्ने हो । खास प्रमुख विषय यिनै हुन । यो केहिदिन अघि सम्पन्न भेलामा गरेका निर्णयहरुलाई सर्कुलर र विज्ञप्ति मार्फत जारी गर्ने विषयमा उठेका कुरा हुन । अहिलेसम्म निर्णय हामीले सर्वसम्मत नै गरेका छौँ । हामीले जे गरिरहेका छौँ  त्यो सामुहिकताकै आधारमा गरिहेको छौँ ।

विषय के रह्यो भने सर्कुलर जारी गर्ने र प्रेस विज्ञप्ती जारी गर्ने कुरामा चाँही बैठक र भेलाहरुमा प्रमुख अतिथी को हुने भन्दाखेरी संयोजक कमरेड ले जारी गरेको कुरामा दुईटै अध्यक्षलाई प्रमुख अतिथी भन्ने कुरा भईसकेपछि सहसंयोजक कमरेडको तर्फबाट चाँही त्यस्तो होइन, प्रमुख अतिथी केपी ओली नै हो ,पार्टी अध्यक्षको हिसावले पनि बरिष्ठताको कोणबाट हेर्दापनि । प्रमुख अतिथी केपी ओली नै हो भन्ने विषयमा सह–संयोजकको अडान छ  । अर्कोकुरा चाँही दुईटैको हस्ताक्षर हुनुपर्छ ,किन यस्तो भईरहेको छ भन्ने प्रश्न सह–संयोजक कमरेडको । यी विषय नै मुख्य असमझदारीको रुपमा आएको हो । समग्रमा चाँही साविकका दुई संगठनले पार्टी एकतामा खेल्नपर्ने भुमिका खेल्नपर्यो त्यो ढंगले नखेलेको, अलि गैरजिम्मेवार तरिकाले संगठनको नेतृत्व अघि बढेको खाली मिडियाबाजी गर्ने र सामाजिक सञ्जालमा क्याम्पेनिङ गर्ने जुन कामहरु भइरहेको छ या चाँहीे गलत कुरा हो ।

केहीदिन अघिमात्रै साविकको युवासंगका अध्यक्ष हाल संगठनका सह–संयोजकले आफ्नो संगठनमा रहेका केन्द्रिय सदस्यले एकतापछि जिम्मेवारीविहिन भएको कारण जिम्मेवारी दिन महासचिव विष्णु पौडेललाई मागपत्र बुझाउनुलाई तपाईले कसरी बुझ्नुभएको छ ?

विषय राम्रो हो । जिम्मेवारी दिनुपर्छ भन्ने कुरा एकदम राम्रो हो । उहाँले साविकको युवासंघको तर्फबाट विदा भएका जिम्मेवारीविहिन युवा नेताहरुको व्यवस्थापनको लागी कुराकानी गर्नुभयो । पुर्वयुवासंघको तर्फबाट उहाँले नामहरुको सुचीे दिनुभयो, त्यो विषय राम्रो छ । तर यो विषयलाई साविकका दुईटै संगठनको नेतृत्वले पुर्वसंगठनबाट बिदा भएका साथीहरुलाई जसरी रमेश कमरेडको नेतृत्वमा सुची बुझाईएको छ, त्यसरी नै दुईटै संगठनको नेताहरुलाई मिलाएर बुझाउन पाएको भए अझै राम्रो हुन्थ्यो । तर जिम्मेवारीविहिन नेताहरुलाई व्यवस्थापन गर्नुपर्छ भन्ने कुराचाँही राम्रो हो । अर्को यो विषय किन राम्रो छ भने, एकता भईसकेपछि धेरै कार्यकर्ता उत्पादन भएका थिए दुईवटै साविकका पार्टीभित्र ।

त्यसलाई चाँही एउटै डालोभित्र ल्याउने र एकै ठाँउमा राख्दाखेरी सानो संरचना, सानो संगठन बन्यो । जसको कारण धेरै नेताहरु बाहिर जाने अवस्था आयो । जसले गर्दा कतिपय नेताहरु पलायन हुने, कतिपय वितिष्णाको कारण अर्को पार्टीमा जाने, नैराश्यता छाउने,निष्क्रियता बढ्ने र अन्ततः पार्टीको आन्दोलनमा नकारात्मक असर पर्नेसंगै आगामी चुनावमा समेत यसले असर गर्ने यो प्रत्यक्ष नै देखिन्छ । त्यसकारण पनि यो काम गर्नु राम्रो हो । यसकारण पनि मैले विगतमा एकताको विषयमा उठाउदै आएको विषयहरु हुन यो मुद्धा । नेता तथा कार्यकर्तालाई व्यवस्थापन गर्ने विषय हाम्रो संगठनमा मात्रै होईन अन्य संगठनमा पनि गर्नु जरुरी छ । भोली एकताको सवालमा सबैलाई मिलाएर व्यवस्थापन गर्न सकिएन भने कम्युनिष्ट आन्दोलनलाई नै प्रत्यक्ष प्रभाव पुर्याउछ भन्ने मेरो धारणा हो ।

पार्टी नेतृत्वमा चाहीँ प्रचण्ड र केपी ओलीको कार्यविभाजनको विषयमा प्रष्ट हुँदापनि भातृसंगठनमा चाँही संयोजक र सह–संयोजकहरु साविककै दल जस्तो गरी व्यवहार किन भईरहेको हो ? यो त मिल्नको लागी मिलेजस्तो गरेको भन्ने भएन र ?

तपाईले एकदम महत्वपुर्ण विषय उठाउनु भयो । यो प्रश्न आम कार्यकर्ताको पनि हो । यो संगठनभित्र देखिएको विकृती पनि हो । तपाईले भनेजस्तो पार्टीभित्र तल तलको संगठनमा अझै यो समस्या गहिरो बनेर रहेको छ । आन्तरिकमात्रै नभई आन्तरिक एकता भएर अरु संगठनसंग लड्नुपर्दाखेरी पनि छुट्टै अस्तित्व देखाउने किसिमको अनैतिक क्रियाकलाम पनि भएका छन । यसमा नेतृत्वले सजगता अपनाउछ भन्ने मलाई लाग्छ । अब पार्टी अध्यक्षहरुको कुरा गर्दा उहाँहरु नेतृत्वमा भयंकर खारिएर आउनुभएको छ । खासगरी भन्नुपर्दा हामीले जिवनमा बिताएका समय भन्दा लामो समय पार्टीमा बिताईसक्नुभएको छ । उहाँहरुको दृष्टिकोण,बुझाई,त्याग छ नै । अब युवा संगठनमा चाँही युवाजन्य स्वभाव त भईहाल्छ नै , त्यो स्वभाविक पनि हो ।

अर्को कुराचाँही यो एकता प्रक्रिया नटुङग्याएसम्म यी र यस्ता समस्याहरु केही हदसम्म रहन्छ । त्यो हामीले अहिले भोगिरहेका पनि छौँ । तर म के भन्छु भने यो समस्यालाई हामीजस्ता केही साथीहरु बसेर अलि गम्भिर ढंगले छलफल गर्नुपर्छ । जिम्मेवारपुर्वक तरिकाले जानुपर्छ भन्ने कुराहरु भइरहेको छन । अब केही समयमा नै यो समस्यालाई समाधान गर्ने कुरामा राष्ट्रिय युवासंघ नेपाल चाँही एकमन एकताका साथ अघि बढिरहेको छ भन्ने खालको सन्देश पनि दिन्छौँ । यो संगै हामीलाई भर्खरै सम्पन्न उपनिर्वाचनले झस्काएको पनि छ । यदी हामी एकताबद्ध भएर गएनौ र भएका मान्छेहरुलाई पनि भागबण्डाको आधारमा हेर्यौ, युवा आन्दोलनलाई वैचारिक रुपमा लगेनौ भने हामी दुर्घटनामा पर्छौँ । यो कुरा हामीले बुझेका छौँ । संगठनमा अहिलेका संयोजक,सह–संयोजक र ईन्चार्जसंग गम्भिर छलफल पनि भएको छ ।

संगठनमा अराजकता बढ्यो भन्ने गुनासो पनि आईरहेका छन नी

हो तपाईले भनेजस्तै संगठनमा अराजकता बढेको हो की भन्ने हो । तर यो विषयलाई सहजै समाधानको दिशामा लैजान सकिन्छ । हामी सचेत गराउने कुरामा अघि बढिरहेका छौँ । संगठनमा अराजकता फैल्याउने, अनुशासनमा नबस्ने र संगठनको विधि र विधानभन्दा बाहिर जानेलाई ट्रयाकमा ल्याउने काम नेतृत्वले गर्छ ।

अहिले संगठनमा दुई नेताले मात्रै छलफल गर्ने,निर्णय गर्ने कुरा कहिले सम्म चल्छ ? संगठनको संरचना बनाउने कुरामा नेतृत्व निष्कृय बनेको हो ? संयोजक र सह–संयोजककै भरमा संगठन कतिन्जेल चल्छ ?

अस्तिको केन्द्रिय कमिटीको बैठक र हामीसंग यी यी साथीहरु छन भनेर दुवै संगठनले जारी नगरुन्जेलसम्म हामी छुट्टाछुट्टै बसेर युवासंघबाट रमेश पौडेल र वाईसियलबाट दिपशिखाले सामुहिक रुपमा नै ल्याएका नामहरु हुन यो कमिटीमा रहने साथीहरु । एकतापछि पनि साविकका दुवै संगठनको पदाधिकारीको विचमा बसेर संयोजक र सहसंयोजकले ल्याएका विषयहरुमा हामीले सुझावसहित आफ्ना धारणापनि राखेका थियौँ ।

अहिलेसम्म संगठन सामुहिकतामै चलेको छ । देखिदाखेरी दुईजनामात्रै जस्तो देखिन्छ तर हामी सामुहिक छलफल मै छौँ र सबैको धरणालाई समेटेर निर्णय सार्वजनिक गछौँ । जसरी संगठन चल्नुपर्ने हो । त्यसरी नै चलेको छ । अब सचिवालय कसरी बन्ने ? कार्यालय टिम कसरी बनाउने भन्ने छ यो विषयमा पनि केही छलफल अघि बढेको छ । यो पनि हामी चाँडै टुङ्ग्याउछौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस