कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्य र सुरक्षाकर्मीलाई ७५ प्रतिशत जोखिम भत्ता

Post Thumbnail

चैत्र ४, काठमाण्डौ । सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अध्यागमनमा खटिने सुरक्षाकर्मीलाई २५ देखि ७५ प्रतिशतसम्म जोखिम भत्ताको व्यवस्था गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वय समितिको निर्णय अनुसार सोमबार साँझ मुख्य सचिव लोकदर्शन रेग्मीले जारी गरेको १६ बुँदे निर्देशिकामा यस्तो व्यवस्था गरिएको खुलाइएको छ । ‘प्रयोगशाला, स्वास्थ्य परिक्षण र उपचारमा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वाथ्यकर्मी तथा नर्सिङ कर्मचारीहरूलाई शुरु तलवमानको ७५ प्रतिशतले हुने रकम,’ निर्देशिकामा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस