कोरोना प्रभाव : सहयोग गर्न चिनियाँ विमान नेपाल आउँदै

Post Thumbnail

चैत्र ११, काठमाण्डौ । विश्वव्यापी महामारीका रूपमा फलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल सरकारले आफूसँग कोरोना भाइरससँग लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउने तयारी गरेको
हो । चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउन लागेको हो । मन्त्रालयका अनुसार उक्त विमान मंगलबारसम्म काठमाडौं विमानस्थलमा अवतरण गर्ने योजना रहेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस