चैत्र १८, काठमाण्डौ । वीर अस्पतालमा मृत्यु भएका दुई जनालाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । आइतबार एक महिलाको वीर अस्पतालको आइसियुमा र अर्का एक जनाको सोमबार दिउँसो अस्पतालको इमरजेन्सी कक्षमा मृत्यु भएको थियो ।
उनीहरुमा कोरोनाको आशंका गरिएको भएपनि टेकु अस्पतालमा गरिएको स्वाबको परीक्षणमा ल्यावले नेगेटिभ रिपोर्ट दिएको हो ।