-झरना के.सी.
योग गरी शरीरका इन्द्रियहरु जगाउ
प्रतिरोधात्मक शक्ति बढाई कोरोनालाई भगाउ
अनुलोम विलोम, भास्त्रीका कपालभाती गरौँ
घरैभित्रैअब हरेकमा योग क्रान्ति छरौँ ! !
शुभ प्रभातसँगै गरौँ सुर्य नमस्कार
मन मष्तिक स्वस्थ भए स्वस्थ हुन्छ संसार
संजिवनी जस्तै हो यो योग साधना
आत्मचित्त शुद्ध बनाउ शुद्ध हुन्छ भावना ! !
नकुनै गरिब भन्छ न तकुनै धनी
जसको आत्मवल कमजोर छ उसलाई लान्छ छानी छानी
प्रत्यक दिन सुर्यदयसगैँ गरौँ योग ध्यान
यति गरे कोरोनासँगवच्न सक्छ तपाईँ हाम्रो ज्यान ! !
मानिस प्रकृतिकै सृष्टि हो प्रकृतिमै टुंगिन्छ
धन र दौलतको मोहमा भित्रभित्रै वुङ्गिन्छ
लापरवाह नगरी घरभित्रै बसे सुरक्षित हुन्छ ज्यान
लकडाउनको सदुपयोग गरौँ गरी योग ध्यान ! !
योग गर्ने ध्यान गर्ने हो यो महान अवसर
तपाई हामी स्वस्थ भए स्वस्थ हुन्छ संसार
ध्यान गरौँ जप गरौँ अन्त्य गरौँ पिडा
हाम्रो मन विक्षिप्त हुन्छ यो महामारी संझिदा ! !
योगवलले मानिसको मनमा जोस जाँगर बढाउँंदछ
अल्छी स्वांगी मन मस्तिष्कलाई जरै देखि झक-झकाउँंदछ
अनुहार हसिँलो, बोलि रसिलो हुन्छ कसिलो हुन्छ जिउ-ज्यान
योगमा नै छ हाम्रो कल्याण यो कुरा सबैले मान
योगमा नै छ हाम्रो कल्याण यो कुरा सबैले मान ! !!