दिपू वर्णवाल
कार्तिक २२, वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले नेकपा सरकार जनतालाई दुख परेको बेला पनि सत्ता र पार्टी जोगाउन व्यस्त रहेको आरोप लगाएका छन । जनता समाजवादी पार्टी बीरगंज २१ वडा ईकाई समिति परवानीपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा सरकारको लागि जनता भन्दा सत्ता प्यारो रहेको आरोप लगाए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद यादवले देश र जनता इतिहासकै एक कठिन समय बाट गुज्रिरहेको बेला पनि कम्युनिस्ट सरकारले जनता को पर्वाह नगरी सत्ताको पाठ मात्र पढ्दै आएको बताए ।
कार्यक्रममा बोल्दै सांसद यादव ले अहिलेको कोविड(१९ कोरोना वायरसको महामारीले विश्व नै थमेको बेला हाम्रो नेपाल पनि अछुतो नरहेको भएपनि यस महामारी बाट जनतालाई जोगाउन र राहत दिने काम सरकारको भएको तर अहिलेको सरकार सत्ता र पार्टी जोगाउन मात्र व्यस्त रहेको र नेकपा भित्रको आन्तरिक बिबादका कारण जनतालाई सास्ती भोग्नु परेको बताए ।
साथै अहिले को परिस्तिथि कठिन भएपनि एउटा रोडमयेप तयार गरेर सरकार अगाडी बढेर काम जनताको हितको लागि काम गर्नु पर्ने भएनी यो सरकारले झन् आफ्नै देशको जनतालाई बेवास्ता गरेर यस महामारी बाट ज्यान जोगाउन गरोह भएको सम्पूर्ण नेपाली जनतालाई आर्थिक भार थपेको छ ्र अहिलेको परिस्तिथिमा जनता भोकले र रोगले आफै बच्नु पर्ने रहेको र न सरकार न प्रतिपक्षकै अनुभूति जनताले पाएको भन्दै दुख व्यक्त गरे ।
। सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निस्चित रहेको बताए। जनता समाजवादी पार्टी आज तेस्रो शक्ति देखिदा पनि सम्पुर्ण मधेशवादी र आफनो हक अधिकारका लागी संघर्षरत रहेका समर्पुण शक्ति हरु एक जुट भएर अगाडी बढेपछी झन बलियो रूपमा प्रस्तुत हुने विश्वास लिएको बताए । अबको संघर्ष मधेशमा मात्र नभई देशमा एकसाथ हुने दावी गर्नु भयो ।
कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय २५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा पार्टी का स्थानीय नेता पुर्व माओबादी पर्साका सह(सेक्रेटरी मजदुर नेता ‘राजदेव पासवानको नेतृत्वमा ,दिनेश यादव, जितेन्द्र शर्मा राजदेव यादव, नन्दु महतो तत्वा , रामसुरत महतो तत्वा जहर महतो लगायत रहेका छन् भने नेपाली कांग्रेस परित्याग गरी चन्द्रिका कुशवाहा को नेतृत्वमा ,मुस्तकिम देवान, उमेश महतो तत्वा ,रुप्चन पासवान लगायत रहेका छन् ्र
पार्टी प्रवेश कार्यक्रममा प्रदेश सासंद जन्नत अंसारी, जनता समाजवादी पार्टीका जिल्ला उपाअध्यक्ष वासुदेव यादव, जिल्ला सदस्य नागमणि उपाध्या , संसदीय प्रतिनिधि घनश्याम गुप्ता, समाजवादी युवा फोरमका केन्द्रिय सचिव सरोज यादव लगायत नेता कार्यकर्ताको उपस्तिथी थियो । कार्यक्रम को अध्यक्षता विरगंज महानगरपालिका वडा न।२१ जनता समाजवादी पार्टीका ईकाइ अध्यक्ष निरन्जन पटेलले गरेका थिए। कार्यक्रमको सहजीकरण युवा नेता राधाकृष्ण रौनियारले गरेका थिए ।