आज महागुरु फाल्गुनन्दको जन्मजयन्ती, राष्ट्रपति भण्डारीद्धारा शुभकामना व्यक्त !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक २५, मंगलबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक २५, काठमाण्डौ । आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदैछ । किराँत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिएको छ ।

सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई समाज सुधार र व्यवहारिक आर्थिक नीति नियम बनाउने कुशल अर्थविद्का रूपमा समेत लिने गरिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकि छिन् ।

राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उनको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास समेत व्यक्त गरेकि छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस