कांग्रेस नेता शाही भन्छन्-‘नेपालको सीमा नमिचेको प्रमाण चीनले दिनुपर्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक २८, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नेपाली भूमि चीनले मिचेको भनेर ‘हल्ला’ फैलिनुमा शाहीको हात रहेको समाचार प्रकाशित गरेको थियो । कांग्रेससहितका शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाएको दाबी ग्लोबल टाइम्सले गरेको छ । पूर्वमन्त्री एवम् कर्णाली प्रदेशको प्रमुख विपक्षी दलका नेतासमेत रहेका शाहीले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेका आरोप खारेज गरेका छन् र नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस