संसदमा प्रधानमन्त्रीको गुनासो : सम्बृद्ध र विकसित बनाउँने कुरा गर्दा हावादारी भनेर उडाउने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १३, आईतबार (६ साल अघि)
  • ५१ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिए ।

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने असम्भव सपना नदेखाएको प्रष्टिकरण दिएका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै ओलीले भने–रामायणमा भनिएको छ ‘घर पनि सुनैका छन्, गल्लि पनि सुनैका’ ।

सुनका घर र सुनकै गल्लि बनाउछौं भनेर भनेको छैन : ओली

यो सरकारले अर्को वर्ष सुनका घर र सुनकै गल्लि बनाउछौं भनेर भनेको छैन । सम्भव हुने र सम्भव बनाउनुपर्ने सम्बृद्धिका सपना बोकेको छ । सम्बृद्ध नेपाल र सुखी नेपाल्किो उद्देश्यमा केन्द्रित छ । यो हाम्रो राष्ट्रिय आकांक्षा हो ।

ओलीले नेपाललाई सम्बृद्ध र विकसित बनाउँने कुरा गर्दा हावादारी भनेर उडाउने प्रवृतिप्रति दुःख व्यक्त गरे । उनले गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउने,दुःखी नेपालीलाई सुखी बनाउने कुरा गर्दा आरोप खेप्नुपरेको गुनासो गरे ।

ओलीले भने–नेपाल अहिले तेस्रो विश्वमा छ । तेस्रोबाट पहिलो विश्वमा पुर्‍याउछु भन्न पाइदैन । के नेपाल पहिलो विश्वमा पुग्नै नसक्ने गरि अभिशप्त हो ? कति वर्ष लाग्छ, थाल्नु त पर्‍यो नि ।

ओलीले नीति तथा कार्यक्रममाथि आम रुपमा सबैको सहमति देखिएको भन्दै प्रतिपक्षको धर्म निर्वाह गर्ने बाहेक कसैले आलोचना नगरेको बताए ।

उक्त नीति तथा कार्यक्रममाथि छ संशोधनका सूचना दर्ता भएका छन् । नीति तथा कार्यक्रममाथि ८२ सांसदले भाग लिएका थिए ।

नीति तथा कार्यक्रममा सरकारले आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको देशको कोटिमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।

नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने

प्रधानमन्त्रीको जवाफपछि बैठकमा आव २०७५/७६ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७४/७५ को आर्थिक सर्वेक्षणसमेत आजै पेश गर्नेछन ।

प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ४८ मिनेट ढिलो अर्थात् ११ः४८ बजे शुरु भएको थियो । बैठक प्रारम्भ भएलगत्तै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रममाथि रचनात्मक र सिर्जनात्मक सुझाव प्रस्तुत गर्ने सांसदप्रति धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “सरकारको नीति तथा कार्यक्रममाथि थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएन, व्यापक समर्थनभाव, विश्वास र अपेक्षा देखियो, कार्यक्रम प्रभावकारी गरियोस् भनी सकारात्मक सुझाव आए, ठीक ढंगले नीति तथा कार्यक्रमको व्याख्या भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस