जनताको सुरक्षाको निमित्त सधै अग्रसर रहने सांसद यादवको भनाई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १५, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

मंसिर १५, वीरगंज । सेफर वीरगंज सस्थाले वीरगंज शहरलाई अपराधिक घटनाबाट सुरक्षित पार्न करिब १ करोडको बजेट खर्च गर्ने योजना अघि बढाएको छ । जसमा वीरगंजको विभिन्न सडक,चोक,बजार क्षेत्रमा प्रसस्त सिसिटिभी क्यामेरा जडान गरी वीरगंजलाई सिसिटिभी क्यामेराले निगरानी गर्ने योजना अघि बढेको हो । सेफर वीरगंजले सोमवार वीरगंज उद्योग वाणिज्य संघका सभाहलमा आयोजना गरेको छलफल कार्यक्रममा पर्सा क्षेत्र नं १ का संघीय सासद प्रदिप यादवले १० लाख, प्रदेश सासद विभा यादव, करिमा बेगमले ५–५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका संघीय सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रबाट सबभन्दा बढी मत पाएर निर्वाचित भएकोमा जनताको सुरक्षाको निमित्त सधै अग्रसर रहने बताए । साथै उनले जनताको निमित्त संसद भवनमा अन्य सांसद भन्दा आफु अधिक आवाज उठाउने गरेको र वीरगंजलाइ व्यवस्थित र सुरक्षित बनाउन हरेक नागरीक लाग्नु पर्नेमा उनले जोड दिए । सिसिटिभि क्यामरा जडानको सवालमा उनले यस सम्बन्धमा प्रदेश २ का मुख्यमन्त्रि संग यस विषयमा छलफल भइसकेको हुनाले चाडै कामले निरन्तरता पाउने बताए ।

सांसद यादवका अनुसार वीरगंज भन्सार देखी माइस्थान घण्टाघरको मेन सडक विस्तार हुने भएकाले सो क्षेत्रको सिसिटिभि क्यामेरा जडानमा ढिलाइ भएको बताए तर महानगर भित्र जहाँ जहाँ सिसिटिभिको आवस्यक्ता छ ति सम्पुण ठाउँमा चाडै नै क्यामेरा जडान हुने उनले जानकारी दिए । यसअघि सेफर वीरगंजलाई प्रदेश २ सरकारले ३५ लाखको भिडियो वाल सहयोग गर्ने बताएका थिए । जसले विभिन्न क्यामेराले खिचेको भिडियोलाई निगारानी गर्न र प्रदर्शन गर्न सहयोग गर्छ । सो छलफलमा सहभागी सरोकारवाला व्यक्तिहरुले वीरगंजलाई चोरी, डकैती, हत्या, अपहरण लगायत अपराधिक घटनाबाट बचाउन यस्तो योजनामा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यसैगरी,वीरगंज महानगरको विभिन्न वडाको करिब ८ वटा वडा कार्यालयले ३–३ लाख आर्थात २४ लाख सहयोग पाउने आश्वासन पाइएको सेफर वीरगंजका संयोजक मनोज दासले जानकारी गराए । उनले भने,‘आजकौ बठकबाट करिब ८० लाखको सहयोग प्राप्त हुने निश्चित भइसकेको छ,प्रदेश सासद ओमप्रकाश शर्मा,राजेश्वर साह तेली,रमेश कुर्मी,जन्नत अन्सारी लगायत ४ जनाबाट पनि सहयोग पाउने आशा छ । यसरी करिब १ करोडको खर्च गरी वीरगंजको सुरक्षा अवस्था चुस्तदुस्त पारिने लक्ष्य छ ।’ २०६७ सालमा स्थापना भएको सेफर वीरगंजले पहिले ८२ वटा सिसिटिभि क्यामेरा सञ्चालनमा रहेकोमा हाल वीरगंजको घण्टाघर, माईस्थान, गीता मन्दिर, आदर्शनगर, मकालु चोक, पुजनहोटल चोक रोड, ठाकुरराम क्षेत्र, लिंकरोड, बसपार्क,गण्डक, रजतजयन्ती चोकलगायत क्षेत्रमा जम्मा ५२ वटा सिसिटिभी क्यामेरा मात्र सञ्चालनमा रहेको उनले जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालय पर्साको सहजीकरणमा आयोजना भएको कार्यक्रमा संघीय सांसद प्रदिप यादव, प्रदेश सासद विभा यादव, करिमा बेगम, वीरगंज वडा नंम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, व्यवस्थित वीरगंजका संयोजक दिलिप कार्की, सेफर वीरगंजका पूर्ब अध्यक्ष अमर गौत्तमलगायतव विभिन्न समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस