दक्षिण अफ्रिकाका लागि राजदूत विश्वकर्मा नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ११, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन ११  काठमाडौँ । सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस