फागुन १२, काठमाण्डौ । नेकपाको ओली समूहका नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधि सभा पुनर्स्थापनाबाट देश फेरि अस्थिरतातर्फ जाने दाबी गरेका छन् ।उनले प्रतिनिधि सभा पुनर्स्थापनाबाट नागरिक मत लिने बाटो पनि छेकिएको भन्दै यसले स्थिरता नदिने बताए ।
उनले आफूहरू संविधान मान्ने, न्यायालय स्वतन्त्र हुनुपर्ने, संविधानको सर्वोच्चता मान्ने पार्टी भएकाले अदालतको निर्णयप्रति सकारात्मक र नकारात्मक टिप्पणी नगर्ने बताए ।