‘संसद् पुनर्स्थापनाभएपनि, अहिले राष्ट्रपति हटाउनेतिर लाग्दैनौं’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १२, बुधबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

फागुण १२, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू राष्ट्रपति विद्यादेवी भण्डारीलाई पटबाट हटाउनेबारे नसोचेको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि मंगलबार राति बीबीसी नेपालीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले आफूहरू अहिले राष्ट्रपति हटाउनेतर्फ नलाग्ने बताएका हुन् ।

तपाईंहरू अब राष्ट्रपतिलाई हटाउनेतिर लाग्नुहुन्छ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘लाग्दैनौं हामी अहिले, त्यतातिर सोचेकै छैनौं । राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नुभा हो, हामीले कहिल्यै त्यसो गरेका छैनौं ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस