काँग्रेसले तत्काल सत्ता सहकार्यबारे सहमती नगर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १४, शुक्रबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुण १४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेकपा विभाजनको प्रष्टतापछि मात्र संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतिक्षा गर्ने निष्कर्ष निकालेको हो ।

सहमहामन्त्री डा। प्रकाशशरण महतले संसद बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको जानकारी दिए । अहिले सरकारमा जाने वा नेकपाका कुन पक्षलाई समर्थन गर्ने भन्ने अवस्था नरहेको छलफलको निष्कर्ष रहेको महतको भनाइ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस