दिपू वर्णवाल
फागुण १४, वीरगञ्ज । जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबले नाला तथा ढलान सडकको शिलान्यास गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा न. ३१ कोन्हियामा निर्माण भइरहेको नाला तथा ढलान सडकको शिलान्यास गरेका हुन् । संसदीय कोषको ५० लाख र जनश्रमदान १२ लाख गरि ६२ लाख रुपैयाको लागतमा निर्माण हुने ढलान सडक र नाला निर्माण योजनाको एक कार्यक्रमका बिच उहाँले विहिबार शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नाला निर्माणसंगै सडक निर्माण कार्यले गाउँको भौतिक स्वरुपनै परिवर्तन हुने बताउदै आफुले जनताको सेवासंगै विकास निर्माण कार्यलाई मुख्य प्रथामिकता दिएको बताए । उनले आफ्नो संसदिय क्षेत्रमा रहेका गाउटोलका नाला तथा सडक निर्माणहरुलाई विकास कार्यको प्राथमिकतामा राखेर अगाडि बढको बताए । शिलान्या कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्रको हरेक कुन कुनमा सडक पु¥याउने प्रतिबद्धता व्यक्त गरे । सडक निर्माण पश्चात अन्य कुराहरुको विकास स्वयम हुने भएकाले सडक तथा नालाको शिलान्यास गरिएको उनले बताए ।
फरक प्रसँगमा बोल्दै जनता समाजवादी पार्टी जसपाका केन्द्रिय सदस्य समेत रहेका नेता यादबले प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेर जनताको पक्षमा ऐतिहासिक फैसला गरेको बताए । शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी, जनता समाजवादी पार्टीका जिल्ल्ला सदस्य जितेन्द्र यादव, वडा इकाई अध्यक्ष शुलेमान अंसारी नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको सांसद यादबका स्वकिय सचिब निखिल वर्णवालले जानकारी दिए ।