प्रधानमन्त्री अ‍ोली र गौतमबीच एक घण्टा लामो छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १४, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुण १४, काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले भेटवार्ता गरेका छन् । बालुवाटारमा एक घण्टा लामो छलफलमा उपाध्यक्ष गौतमले पार्टी एकताको प्रस्ताव राखेका उनको सचिवालयले जनाएको छ ।

वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार भेटका क्रममा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका हुन् । नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ बनेका गौतमले बिहीवार मात्रै दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले बिदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव राखेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस