फागुण १५, काठमाण्डौ । अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई शशक्त बनाउने बताएका छन् । आज राजधानीमा आयोजना आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिले सम्म भएको कामहरु भन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् ।
नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्टाचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।