फागुण १७, काठमाडौ । प्रचण्ड–नेपाल समुह निकट प्रेस संगठन नेपालको दोस्रो प्रादेशिक भेला सम्पन्न भएको छ । पूर्ण प्रेस स्वतन्त्रता रक्षाको निम्ति प्रेस संगठनको आह्वान, प्रतिगमन विरुद्ध सञ्चारकर्मीको सामूहिक अभियान भन्ने नाराका साथ भेला हेटौडामा सम्पन्न भएको हो ।
प्रेस संगठन बागमती प्रदेशको आयोजनामा सम्पन्न भएको उक्त भेलाले संगठन शुद्धिकरण गर्ने साथै क्षमता अभिवृद्धि सम्बन्धको विभिन्न कार्यक्रम सँगै भेला सम्पन्न भएको आयोजकले जनाएको छ ।