सरकारसंग वार्ता गर्न विप्लवको पनि वार्ता टोली घोषणा, को–को छन् सदस्य ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १८, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन १८,काठमाडौँ । सरकारसँग वार्ता गर्न विप्लव पक्षले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सार्ने भएको छ । औपचारिक रुपमा सार्वजनिक नगरेपनि प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली हुने स्रोतको भनाई छ ।

विप्लव पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि दुई सदस्य टोली वार्ताका लागि पठाउने भएको हो । मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस