सम्मानजनक रुपमा पदबाट बाहिरिन तयार : हितेन्द्रदेव शाक्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २०, बुधबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा माग गरेको नभई वैकल्पिक व्यवस्थाबारे सोधिएको स्पष्ट पारेका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको खबर प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक भएको थियो ।

त्यसको भोलिपल्ट पत्रकारहरुसँग कुरा गर्दै शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको बरु वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा गरेको बताए । ‘मेरो क्षमता अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिए पनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन,’ उनले भने । उनले आफू अपमानजनक तरीकाबाट नभई सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको संकेत समेत गरेका छन् ।

सरकारले जुन स्थानमा खटाए पनि आफू काम गर्न तयार रहेको भन्दै उनले कोरोना महामारीको बीचमा प्राधिकरणमा बसेर आफूले उल्लेख्य काम गरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस