सरकारको साझा न्यूनमत कार्यक्रम संसदलाई छलेर ल्याएको ओलीको आरोप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २६, मंगलबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाडौं । एमाले नेता केपी शर्मा ओलीले सरकारको साझा न्यूनमत कार्यक्रम संसदलाई छलेर ल्याएको आरोप लगाए छन् ।

मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै आलीले आफ्नो नेतृत्वमा सरकारले गरेका कामको बचाउ मात्र गरेनन्, वर्तमान सरकार र सत्तारुढ गठबन्धनको आलोचना गरे ।

सरकारको साझा न्यूनतम कार्यक्रमतर्फ संकेत गर्दै सडकतिर बाँडेको कागजको संज्ञा दिए र त्यसमा प्रतिपक्षलाई सरापेर राष्ट्रिय सहमतिका लागि पहल गर्ने उल्लेख गरिएको उनले बताए ।

एमाले संसदीय दलका नेता ओलीले अहिले सरकार र प्रतिपक्षी दलबीच सम्वादहीनताको स्थिति रहेको बताए ।

ओलीले सरकारको साझा न्यूनमत कार्यक्रम संसदलाई छलेर ल्याएको बताए । यसमा कांग्रेसको अनुहार समेत नदेखेको उनको टिप्पणी छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस