अवरुद्ध मुग्लिन सडक सञ्चालनमा आयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ २१, सोमबार (६ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

२१ जेठ,काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ ।

निर्माणाधीन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

तीनवटा स्काभेटरको प्रयोग गरेर पहिरो हटाई साँझ ७ बजेदेखि सडक सञ्चालनमा ल्याइएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस