नेप्से सात अंक घट्यो, कारोबार १५ करोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत ५, काठमाडौँ । मंगलबार धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार समेत घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ । सोमबार पनि नेप्से घटेको थियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १ सय ५८ कम्पनीको पाँच लाख ३४ हजार ९ सय ९५ कित्ता शेयर १४ करोड ८६ लाख ३३ हजार २ सय ४५ रुपैयाँमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ ६.७५, व्यापार २.८७, होटल उपसमूहको शेयर कारोवार भएन । यस्तै विकास बैंक ९.९८, जलविद्युत् ७.८५, वित्त ३.२७, निर्जीवन बीमा २२.३९, उत्पादन ४.७४, अन्य ४.३३,लघुवित्त ७.४३ र जीवन बीमा २०.२३ विन्दुले घटेका छन् ।

स्टकका अनुसार नागरिक लगानी कोषको रु दुई करोड ३५ लाख ४६ हजार ४०८, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ४६ लाख ७८ हजार ३९४, ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर रु एक करोड १५ लाख १४ हजार १०२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर रु ४७ लाख ७१ हजार ५०१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.९५ प्रतिशतले कमाउँदा श्रीराम सुगर मिल ४.८६, सिन्धु विकास बैंक ४.३५, सहयोगी विकास बैंक ३.६५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.२७ र नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् ।

नेशनल हाइड्रो पावर कम्पनीको शेयर अझै पनि प्रतिकित्ता रु ७४ मा कारोवार भइरहेको छ । यस्तै मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले ४.८९, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, साइन रेसुङगा डेभलपमेन्ट बैंक २.९४ र अरुण काबेली पावरका शेयरधनीले २.८५ प्रतिशतले गुमाएका छन् ।

– रासस

ताजा अपडेट

खोजी गर्नुहोस