६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र ८,काठमाडौँ । लगातार ६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय हुने भएको छ । नियमनकारी निकाय राष्ट्र बैंकले लगातार ६ महिनासम्म कारोबार नगर्ने ग्राहकको कल र चल्ती खाता निष्क्रिय गर्न वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई निर्देशन दिएको छ ।

बचत खाताको हकमा भने तीन वर्षसम्म कारोबार नगरे निष्क्रिय हुनेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उसको एकीकृत निर्दे्शिका २०७५ का केही प्रावधान संशोधन गर्दै बिहीबार यस्तो निर्देशन दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस