सुनको भाउ तोलाको ९८ हजार नाघ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १३, मंगलबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाण्डौ । सुनको भाउले आज पनि रेकर्ड बनाएको छ । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

उहाँकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस १३ डलरले बढेको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १९ सय ४४ दशमलव ७० डलर प्रति औंस रहेको पनि उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस