पाँच महिनापछि चन्द्रागिरी केवलकार खुल्दै, यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्डसहितको तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १८, आईतबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १९,काठमाडौँ । चन्द्रागिरी हिल्स प्रा.लि ले सञ्चालन गरेको चन्द्रागिरी केबलकार र चन्द्रागिरी रिसोर्ट चाडै नै सञ्चालनमा आउने भएको छ । गत चैत्र ९ गतेदखि लकडाउनका कारण बन्द रहेको चन्द्रागिरी केबलकार स्वास्थ्य सुरक्षाको उच्च तयारीपछि सञ्चालनमा आउने भएको हो । चन्द्रागिरी हिल्स प्रा.लिका महाप्रवन्धक अभिषेकबिक्रम शाहका अनुसार स्वास्थ्य सुरक्षालाई प्रमुख ध्यानमा राखी केबलकारको सेवा सुचारु गर्न विभिन्न तयारी गरिएको छ ।

केवलकार परिसरको प्रवेशद्धारामा सेनिटाइजरको व्यवस्था गरिएको छ । जुन नलगाई भित्र छिर्न पाइदैन् । त्यसैगरी चन्द्रागिरी केबलकार हाताभित्र माक्सलाई अनिवार्य गरिएको छ । माक्स नलगाई सो आसपास जानसमेत निषेध गरिएको छ । शाहले अनलाइनकेन्द्रसंग भने–’हामीले हाम्रा ग्राहकवर्गको स्वास्थ्य सुरक्षालाई मुख्य ध्यान दिने हो । , उहाँहरु स्वस्थ हुनुभयो भने हामी सहज ढंगले व्यवसाय गर्न सक्छौँ, त्यसैले माक्स,सेनिटाइजरलाई मुख्य ध्यान दिएका छौँ ।’ त्यसैगरी उनले केवलकारलाई नियमित सेनिटाइज गर्ने व्यवस्था मिलाएको बताए । उनले भने–’एकपटक यात्रु बोकेर चन्द्रागिरी पुगेको केवलकार फर्केर तल ग्राउण्डमा आइसकेपछि फेरी सेनिटाइज हुन्छ, केवलकार चढ्ने बेला, टिकट काट्न लाइनमा लाग्ने बेला सामाजिक दुरी कायम राख्न त्यही किसिमको बसाई संरचना बनाइएको छ , जहाँ गोलो घेरा बनाइएको छ । त्यहाँ सर्वसाधारणहरु लाइनमा उभिन सक्नेछन् ।’

उनले एउटा केबलकारमा ८ जना चढ्न सकिने भएपनि अहिले त्यसको आधा ४ जना मात्रै केबलकारमा चढेर चन्द्रागिरी जाने व्यवस्था मिलाइएको शाहले बताए । एकै परिवारका सदस्य भए केबलकार चढ्न ४ जनाभन्दा माथी राख्न सकिने र त्यसमा कुनै किसिमको बन्देज नलगाइने उनको भनाई थिया् । उनले चन्द्रागिरी पुगेपछि पनि भालेश्वर मन्दिर दर्शन, घुमफिरमा पनि सामाजिक दुरी कायम राख्न हरप्रयास गरिने बताए । उनले हाल चन्द्रागिरीमा रेष्टुरेन्टको व्यवस्था नहुने र ग्राहकको चाहना हेरेर, सामाजिक दुरी कायम राखेर सेल्फ सर्भिस दिन सकिने विषयमा सोचिरहेको बताएका छन् । सरकारले भदौ १ गतेदेखि केवलकार सञ्चालन गर्न दिने निर्णय गरेको छ । यद्यपी स्वास्थ्य सुरक्षाको सबै तयारी सकिएपछि त्यसभन्दा अघि पनि केवलकार खुल्न सक्ने शाहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस