माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २०, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाण्डौ ।  माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका देशका विभिन्न स्थानहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिसाेर्ट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको छुट पाउने छन्। बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन्।

माछापुच्छ्रे बैंकले १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत ग्राहकलाई सुबिधा प्रदान गरिरहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस