सुनको मुल्य फेरि बढ्यो, तोलामा कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १४, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य ९६ हजार ७ सय रूपैयाँ कायम भएको छ ।
शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेको छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार तेजावी सुन प्रति तोला ९६ हजार ४ सय रूपैयाँमा कारोकार भएको थियो । शुक्रबार १ हजार ३ सय ४० मा कारोबार भएको चाँदीको मूल्य स्थिर रहि आइतबार पनि १ हजार ३ सय ४० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस