आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १६, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १६, काठमाण्डौ । मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ९ सय रुपैयाँले नै बढेर ९७ हजार ९ सय पुगेको छ । चाँदीको भाउ भने तोलामा एकैपटक ३० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ३६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार ९३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ कायम गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस