एकै दिन १२ सयले घट्यो सुन, कति छ आजको मूल्य ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १७, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र १७, काठमाडौं । यो साता लगातार बढेको सुनको मूल्य आज भने एकै दिन १२ सयले घटेको छ । आज सुन १२ सयले घटेर ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन ९६ हजार ९ सयमा कारोबार भएको थियो । आइतबार प्रतितोला तीन सयले बढेर ९७ हजार २ सयमा कारोबार भएको थियो । सोमबार पनि सुन ३ सयले बढेको थियो । मंगलबार ८ सयले बढेको सुन आज १२ सयले घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ प्रतितोला पुगेको छ । यो मंगलबारको भन्दा ३० रुपैयाँले कम हो ।

ताजा अपडेट

खोजी गर्नुहोस