भाद्र १७,काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कलसँग २०७७ साल भदौं १४गते एक सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा। सुमन न्यौपानेले हस्ताक्षर गरे । उक्त सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारीलगायत बैंकका संस्थापकरसेयरधनीहरुले डाक्टर अन कलमार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक र सेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३०५, फिजियोथेरापीमा अधिकतम ३०५, नर्स केयर सेवामा अधिकतम २०५, ल्याव टेष्टमा अधिकतम २०५, डाइटिसियन सेवामा अधिकतम ३०५, डेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५५ साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
देशका १०२ वटा शाखाहरुबाट बैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।