बिहीबारसम्म बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र २२, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । ‘सिमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो’ बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने ।

अहिले बैंकले एकदमै कम सिमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् । अब शाखा कार्यालय तथा काउन्टरहरु खोले पछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिनु पर्ने कार्यकारी निर्देशक ढकालले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस