आज सुनको मुल्यमा बृद्धी, प्रतितोला कतिमा भयो कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २०, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज २०,काठमाडौँ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस