असोज २१, काठमाण्डौ । सुनचाँदीको भाउमा यो साता निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ तोकेको छ । हिजो तोलाको ९४ हजार ९ सय थियो । एकै दिन सुनको भाउ तोलामा ८ सयले ओरालो लागेको हो । यस्तै तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले नै घट्दै तोलामा ९३ हजार ६ सयमा आइपुगेको छ ।
हिजो तोलाको ९४ हजार ४ सय थियो । यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ ओरालो लागेको छ । हिजो तोलाको १२ सय रुपैयाँ रहेको चाँदी आज ११ सय ७५ मा रुपैयाँमा आइपुगेको छ । यस साता आइतबारदेखि नै सुनचाँदीको भाउ निरन्तर घटिरहेको महासंघले जनाएको छ ।