शेयरबजार दोहोरो अंकले घट्यो, ३ उपसमूह बाहेक सबै उपसमूह राताम्मे !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २२, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक ११ दशमलव ३४ अंकले घटेको र १ हजार ५ सय ८९ अंकमा झरेको छ । यस अघिको कारोबारमा नेप्से परिसूचक १ हजार ६ सय अंक भन्दा माथि पुगेको थियो ।

नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम राम्रै भएको छ । दिनभर भएका १ सय ९३ कम्पनीको ४८ हजार १ सय ९९ कारोबारबाट १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सेयर बजारमा कारोबार हुने ३ उपसमूह बाहेक सबै उपसमूह राताम्मे देखिएका छन् । अन्य उपसमूहरुहरु घटे पनिक फाइनान्स ३१ दशमलव ७२ अंकले बढेको छ । यसैगरै माइक्रोफाइनान्स ०.८५ अंकले र म्युचुअल फण्ड ०.०२ अंकले बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस