नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २५, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाण्डौ । सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउने भएको छ । पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म ५७ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्यअनुसार राष्ट्र बैंकले १८ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि खुला गरेको हो ।

राष्ट्र बैंकले १८ अर्ब २५ करोड मध्ये १५ अर्ब २५ करोड पुरानै ट्रेजरी बिल नबिकरण गर्न खोजेको छ भने ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ बिक्रि खुला गरेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टकाअनुसार ५७ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा यसअघि नै विकास ऋणपत्रको माध्यमबाट ३० अर्ब रुपैयाँ ऋण उठाईदिसकेको छ ।

राष्ट्र बैंकले अब कात्तिक ३ गते ४ अर्बको ट्रेजरी बिल तथा कात्तिक १९ गते २० अर्बको विकास ऋणपत्र जारी गर्नेछ। यससँगै राष्ट्र बैंकको चौमासिकको लक्ष्य पुरा हुनेछ । राष्ट्र बैंकले चालु आर्थिक बर्ष सरकारको लागि कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण उठाइदिँदैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस